अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १ हजार ३५८ पुग्यो, ५ हजार ३२६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १ हजार ३५८ पुग्यो, ५ हजार ३२६ अझै सम्पर्कविहीन


काठमाडौं-भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५८ पुगेको छ। अझै ५ हजार ३२६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार मंगलबार साँझ ६ बजेसम्म बाढीमा मृत्यु भएका १ हजार ३५८ जनाको शव फेला परेको छ। तीमध्ये सबैभन्दा बढी चितवनमा ३६३ जनाको शव भेटिएको छ।

यस्तै, रसुवामा १७०, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

फेला परेका शवमध्ये हालसम्म १०२ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ। बाँकी १ हजार २५६ शवको भने पहिचान खुल्न सकेको छैन।

प्राधिकरणका अनुसार अझै ५ हजार ३२६ जना सम्पर्कविहीन छन्। तीमध्ये सबैभन्दा बढी रसुवाबाट २ हजार ८६० जना हराइरहेका छन्।

बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ। नेपाली तथा विदेशी उद्धार टोलीले भोटेकोसी नदी किनार तथा विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा समेत खोजी गरिरहेको प्राधिकरणले जनाएको छ।