अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले गुल्मीको मदानेमा प्रेम केसीलाई उठाउने

एमालेले गुल्मीको मदानेमा प्रेम केसीलाई उठाउने


काठमाडौं – नेकपा एमालेले गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा प्रेम केसीको नाम सिफारिस गरेको छ ।

सत्तारुढ गठबन्धनले भने उम्मेदवारको टुंगो लगाउन नसकिरहेको समयमा पालिका कमिटी अध्यक्ष रहेका केसीको नाम एमाले प्रदेश कमिटीले टुंगो लगाएको हो । केसी अहिले गाउँमै कृषि व्यवसायमा संलग्न छन् ।

इस्तै उपाध्यक्षमा जिल्ला कमिटी सदस्य सरीता खड्कालाई उठाउने निर्णय एमालेले गरेको छ । उनी अघिल्लो स्थानीय चुनावमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

यो पालिकामा २०७४ को निर्वाचनमा एउटा वडाबाहेक सबै पदमा एमाले उम्मेदवार विजयी भएका थिए ।