अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल


काठमाडौँ-साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। 

दूतावासले एक विशेष सूचना जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको हो।

दूतावासले जारी गरेको ५ बुँदे अनुरोधपत्रमा साउदी अरेबियाका आधिकारिक निकायहरुबाट जारी हुने सुरक्षा निर्देशनहरुको पूर्ण रूपमा पालना गर्न भनिएको छ। विशेषगरी सुरक्षा सतर्कता सम्बन्धी चेतावनी जारी भएको समयमा बाहिर ननिस्कन दूतावासले आग्रह गरेको छ।

साउदी अरेबियाका आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, जानकारी, फोटो तथा भिडियोहरू अरूलाई नपठाउन र फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न कडा निर्देशन दिइएको छ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीहरुलाई पनि दूतावासले सावधानी अपनाउन भनेको छ । साउदी अरेबियाबाट नेपाल वा अन्य कुनै देशको हवाई यात्रा गर्नुअघि आफ्नो उडानको निर्धारित तालिका परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र विमानस्थल जान सुझाइएको छ ।