अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनले साँसद र श्रीमती दिपाले अध्यक्ष पद सुरक्षित गर्न काँग्रेससँग गठबन्धन गरेको भन्दै सिन्धुलीमा ७८ जना नेता कार्यकर्ताले माओवादी छोडे

राजनले साँसद र श्रीमती दिपाले अध्यक्ष पद सुरक्षित गर्न काँग्रेससँग गठबन्धन गरेको भन्दै सिन्धुलीमा ७८ जना नेता कार्यकर्ताले माओवादी छोडे


काठमाडौ – नेकपा माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज राजन दाहालले आफ्नो निर्वाचन क्षेत्र र श्रीमती दीपा बोहोराको गाउँपालिका अध्यक्ष पद सुरक्षित गर्नका लागि कांग्रेससँग सिट भागबन्डा गरेको आरोप लगाउँदै माओवादीको आधार इलाका मरिण गाउँपालिका कमिटीका अध्यक्ष गोपाल बुढाथोकीसहित ७८ जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी त्यागेका छन् ।
गाउँपालिका अध्यक्ष पानीराज बम्जनको कार्यकक्षमा भएको भेलाबाट उनीहरुले सामूहिक विद्रोह गरेका हुन् । गाउँपालिका अध्यक्ष गोपाल बुढाथोकीले बिहीबार नै राजीनामा दिनुभएको थियो थिए भने बाँकी पदाधिकारीहरुले शुक्रबार राजीनामा दिएका हुन् ।

राजिनामापत्रमा जिल्ला नेतृत्वको आलोचना गर्दै नेतृत्वको चरित्र सच्चिएमा मात्रै पार्टीमा फर्किन सक्ने उल्लेख छ । राजन दाहालको ‘म’ प्रवृत्तिविरुद्ध आधार इलाका मरिणबाट विद्रोह भएको नेताहरुले बताएका छन् । नेतृत्वको गलत प्रवृत्तिका कारण चैत्र महिनादेखि नै माओवादी छाड्नेको लहर चलिरहेको उनीहरुले बताएका छन् । वडा नं ६ का शम्भु कार्की माओवादी छाडेर एमालेको अध्यक्षका उम्मेदवार बनेका छन् । वडा नं ७ का खिलहरि गिरीले पनि माओवादी त्यागेका छन्

Skip This