अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले रसुवामा टुंगो लगायो उम्मेदवार

एमालेले रसुवामा टुंगो लगायो उम्मेदवार


रसुवा – रसुवामा एमालेले गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको टुंगो लगाएको छ । स्थानीय चुनावका लागि पार्टीले शुक्रबार उम्मेदवार टुंगो लगाएको हो ।

नेकपा एमाले रसुवाका अनुसार उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ, कालीका गाउँपालिकाको अध्यक्षमा कमलनाथ आचार्य, उपाध्यक्षमा अम्बिका भट्ट पौडेल, नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा, उपाध्यक्षमा चन्द्र बहादुर तामाङ चयन हुनुभएको छ ।

यस्तै, गोसाइँकुण्ड गाउँपालिकाको प्रमुखमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, आमाछोदिङ्मो गाउँपालिकाको प्रमुखमा तेब्रेल तामाङ र उपाध्यक्षमा नविना लामा चयन गरिएको पार्टी सचिव जनार्दन ढकालले जानकारी दिनुभयो ।

जिल्लामा २०७४ सालको चुनावमा नेकपा एमालेले कालीका र गोसाइँकुण्डमा प्रमुख र पाँचवटै गाउँपालिकामा उपप्रमुख जितेको थियो ।