अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्ती गाउँपालिकामा एमालेले दर्ता गर्यो मनोनयन

राप्ती गाउँपालिकामा एमालेले दर्ता गर्यो मनोनयन


दाङ–राप्ती गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा जगतप्रसाद पोख्रेल र उपाध्यक्षमा कमलापती चौधरीले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पोख्रेलले अध्यक्षमा र चौधरीले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको राप्ती गाउँपालिकाको निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको पालामा यहाँ राजधानी घोषणा भएको थियो ।

राजधानीको व्यवस्थापन र कार्यान्वयनका लागि एमालेका उम्मेदवारले पहिलो प्राथमिकता दिने प्रतिक्रिया दिएका छन । पञ्चेकाजा सहित झाँक्री र र्याली सहित मनोनयन दर्ता गराउन पुगेका थिए।

राप्तीका ८ वटा वडामा एमालेले मनोनयन दर्ता गराएको छ । यो पालिकामा अघिल्लो चुनावमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो ।