अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग तर्सिएको कांग्रेस वैचारिक रुपमा टाट पल्टिसके छ : विष्णु रिजाल

एमालेसँग तर्सिएको कांग्रेस वैचारिक रुपमा टाट पल्टिसके छ : विष्णु रिजाल


काठमाडौं – नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रमुख सत्तारुढ नेपाली कांग्रेसलाई वैचारिक रुपमा टाट पल्टिसकेको पार्टीको संज्ञा दिनु भएको छ ।

कांग्रेसले स्थानीय तह निर्वाचनका लागि ल्याएको घोषणा पत्रमा एमालेको चर्को आलोचना गरिएको सन्दर्भमा रिजालले कांग्रेससँग विचारको खडेरी परेको बताउनु भएको हो ।

उहाँले कांग्रेस कम्युनिष्ट नाममा खडा भएका बुख्याँचाहरुको बुई चढेर सत्तामा पुगेको पनि उल्लेख गर्नु भएको छ ।

‘घोषणापत्र पढ्दा नेपाली कांग्रेस वैचारिक रुपमा कति टाट पल्टिसकेको रहेछ भन्ने स्पष्ट हुन्छ,’ उहाँले भन्नुभएको छ, ‘कम्युनिस्टका नाममा खडा भएका बुख्याँचाहरुहरुको बुई चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक रुपमा अस्पष्ट, कार्यक्रमिक रुपमा एजेन्डाविहीन र राजनीतिक रुपमा बेइमानीको चरमचुलीमा पुगेका उसको विरोधाभाषपूर्ण दावी, कुतर्क र हाँस्यास्पद आत्मश्लाघाहरु पढ्दा थाहा हुन्छ।’

रिजालले कांग्रेसले आफ्नो एजेन्डा जनतालाई देखाउने भन्दा घोषणापत्रमा एमालेविरुद्ध विषवमन गरिएको पनि उल्लेख गर्नु भएको छ ।

‘कांग्रेसको घोषणापत्रमा १७ पृष्ठ लगातार रुपमा नेकपा एमालेका विरुद्ध विषबमन गरिएको छ। आफ्नो घोषणापत्रमा सम्भवतः संसारको कुनै पनि पार्टीले अर्को पार्टीबारे यति धेरै उल्लेख गर्दैन,’ उहाँले भन्नुभएको छ, ‘आफ्ना एजेन्डा, कार्यक्रम र विचारहरु नभएपछि एमालेको विरोधमा मात्रै आफ्नो भविष्य देखेको पाइन्छ। कांग्रेसको घोषणापत्रमा एमालेको नाम २३ ठाउँमा उल्लेख छ।’

Skip This