अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखमा एक हजार ९८३ ले उम्मेदवारी दर्ता गराए

दैलेखमा एक हजार ९८३ ले उम्मेदवारी दर्ता गराए


दैलेख – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा एक हजार ९८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका ११ वटा स्थानीय तहमा गरी कूल एक हजार ९८३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिकामा १३६, डुङ्गेश्वरमा ११०, भगवतीमाईमा १५०, नौमूलेमा १५४, महाबुमा १५६, भैरवीमा १७५ र ठाटीकाँध गाउँपालिकामा १५७ जनाको उम्मेदवारी दर्ता भएका छन् ।

यसैगरी आठबीस नगरपालिकामा २२०, चामुण्डा विन्द्रासैनीमा २३६, दुल्लूमा २४५ र नारायण नगरपालिकामा २३५ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाले जानकारी दिनुभयो ।  

जिल्लाभरि नगरपालिका/गाउँपालिका प्रमुखमा ७७, उपप्रमुखमा ६५, वडाध्यक्षमा ४७४, खुला सदस्यमा ७२१, महिला सदस्यमा ३३८ र दलित महिला सदस्यमा ३०८ जनाले उम्मेदवारी दर्ता गराएको उहाँले बताउनुभयो।