अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलौरीको बेग्लै पहिचान बनाउनका निम्ति मेयर पदमा उम्मेदवारी दिएकी छु : कमला बोहरा

बेलौरीको बेग्लै पहिचान बनाउनका निम्ति मेयर पदमा उम्मेदवारी दिएकी छु : कमला बोहरा


महेन्द्रनगर – नेकपा एमालेको तर्फबाट कञ्चनपुरको दक्षिणी क्षेत्रको दोस्रो व्यापारिक केन्द्रसमेत रहेको बेलौरी नगरपालिकाको मेयरमा कमला बोहराले उम्मेदवारी दिनु भएको छ ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा शुरुवाट गर्नु भएको हो कमला बोहराले । उहाँ हरेक विद्यार्थी आन्दोलनको अग्र भागमा हुन्थिन्, चाहे ती महेन्द्रनगरमा हुन् वा काठमाडौंमा । त्यसअघि कतिपय किसान मार्चमा, महिला आन्दोलनमा पनि बाक्लै हिँड्नु भयो ।

सानै उमेरमा पनि लोभलाग्दो राजनीतिक कर्ममा जुटिरहनु भएका कमलालाई नेकपा एमालेले विश्वास गरी महत्वपूर्ण पालिकाको मेयरमा टिकट दिएको छ । अब उहाँ मतदाताको परीक्षणमा हुनुहुन्छ ।

सुदूरपश्चिम प्रदेशको उदाउँदो युवा नेतृको रुपमा गनिने कमला बेलौरीमा माओवादी केन्द्र र समाजवादीको गठबन्धनसँग प्रतिस्पर्धा गरिरहनु भएको छ । उहाँको निःशुल्क शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी उनका मुख्य मुद्दा छन् ।

‘मेयर एक राजनीतिककर्मी मात्र नभएर नगरको विकासको मोडल तयार पार्ने राम्रो व्यवस्थापक हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यो गुण ममा छ, जनतामा आशा जगाउँदै आफ्नो कर्म गरिरहने छु ।’

कुनै बेला कञ्चनपुरको जिल्ला सदरमुकाम थियो, बेलौरी । महेन्द्रनगर सदरमुकाम सारिएपछि यो ठाउँ ओझेलमा प¥यो । फेरी नगरलाई पूर्ववत अवस्थामा फर्काउने योजना आफूसँग भएको कमलाले बताउनु भयो । त्यसबाहेक मेयर भएर यहाँका महिला, दलित, पिछडिएको वर्ग, थारु, गरीबको जीवन उत्थानमा लाग्ने संकल्प गर्नु भएको छ ।

जनता बहुमुखी क्याम्पसको स्ववियु सभापति भइसक्नु भएका कमला अब सिंहदरवारको अधिकारलाई गाउँमा व्यहारिक प्रयोग गर्ने ठाउँमा पुग्नका लागि चुनावी मोर्चामा भिडिरनु भएको छ ।

२०१९ सालपछि कञ्चनपुरको सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सरेको थियो । दक्षिणी सीमावर्ती भारतसित जोडिएको, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको क्षेत्रको विकासका लागि मतदाताहरुले आफूलाई रोज्नेमा कमला ढुक्क हुनुहुन्छ ।

‘मैले बेलौरीको बेग्लै पहिचान बनाउन मेयर पदमा उम्मेदवारी दिएकी छु,’ उहाँले भन्नुयो, ‘सिंहदरवारको अधिकार गाउँघरमा पुगे पनि कार्यान्वयन भएको छैन । म त्यो निर्णय कार्यान्वयन गराएर नगरमा शिक्षा, स्वास्थ्य निःशुल्क उपलब्ध गराउँछु ।’

अनेरास्ववियुमा कमलाले झण्डै १२ वर्ष काम गर्नुभयो । त्यहाँ हुँदा नै एक पटक केन्द्रीय सदस्य र दुई पटक सचिवालय सदस्यमा सर्वाधिक मत लिएर निर्वाचित हुनु भयो । अनेरास्ववियुमा हुँदा पनि उहाँ कञ्चनपुरको विकास, निर्माणमा त्यतिकै खटिनु भयो । पछि कञ्चनपुर एमालेमा जोडिन पुग्नु भयो । सुरुमा कञ्चनपुर एमालेको जिल्ला सचिवाल सदस्य हुँदै तत्कालिन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि कमला प्रदेश कमिटी सदस्य हुनु भयो । उहाँले किसान र महिला फाटमा पनि काम गरेको अनुभव छ ।

एमालेको चितवनमा भएको दशौं महाधिवशेनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकी कमला कञ्चनपुर जिल्लाको पार्टी सह–इन्चार्ज पनि हुन् ।

राजनीतिक शास्त्रमा स्नातकोत्तर र कानूनमा एलएलएम पनि गर्नु भएको छ । चीनमा एलएलएम गरेर फर्केकी कमलाका लागि जागिरको ढोका खुला थियो । तर राजनीतिक संर्घष मै रमाउनु भयो । अहिले बेलौरी कस्तो बनाउने भन्ने योजना बुनिरनु भएको छ ।