अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गायक प्रमोद खरेल चढेको कार दुर्घटना, एयरब्याग र सिट बेल्टले जोगायो ज्यान

गायक प्रमोद खरेल चढेको कार दुर्घटना, एयरब्याग र सिट बेल्टले जोगायो ज्यान


काठमाडौं – गायक प्रमोद खरेल सडक दुर्घटनामा पर्नुभएको छ । उहाँ सवार कार दुर्घटनामा परेको र हाल आफू सामान्य अवस्थामा रहेको उहाँले सामाजिक सञ्चाल मार्फत बताउनुभएको छ ।

तुलसीपुरस्थित दाङमा हुने कार्यक्रममा सहभागी हुन जाँदा आयोजकले चलाएको कार दुर्घटनामा परेको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘हामी चढेको कार रोडको पर्खालमा बज्रिएछ । अर्ध निन्द्रा मै मेरो होश त्यही गुम्यो । अरू नै कोहीले नजिकको अस्पतालमा पु¥याएको थियो । झन्डै मेरो ४५ मिनेटपछि होश खुल्यो । गाडीको एयरब्याग र सिट बेल्टले ज्यान जोगाएछ ।’

उहाँले आफू राति ४ बजेमात्रै अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आइपुगेको बताउनुभयो । उहाँले थप भन्नुभएकोछ,’ काठमाडौं आएपछि करिब ६ घण्टा अस्पतालमा चेक जाँच गर्दा सबै रिपोर्ट सामान्य आएको छ । बाहिरी चोट भएको कारण केही समय घरमै आराम गर्नेछु ।