नयाँदिल्ली – करोडौं भारतीयले असहनीय तापलहर महसुस गरिरहेका छन् । यसको कारण जनजीवन र जिविका भताभुङ्ग हुन पुगेको छ । राहत मिल्ने कुनै छाँट पनि देखिँदैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राज्यका मुख्यमन्त्रीहरुलाई स्वाभाविक समयभन्दा पहिले नै यसपालि मुलुकभरि तापक्रम बढ्दै गइरहेको जानकारी दिनुभएको छ ।
भारत जलवायु विभाग (आइएमडी) ले यसैहप्ता मध्य र उत्तर–पश्चिमी भारतका अधिकांश भागमा अत्यधिक २ देखि ४ डिग्री सेल्सियस तापक्रम बढ्ने र त्यसपछि तापक्रममा त्यति ठूलो फेरबदल नहुने भविष्यवाणी गरेको छ ।
वास्तवमा विशेषगरी मे र जुन महिनामा भारतमा तापलहर चल्नु सामान्य मानिन्छ । तर यसपालि गर्मी अलि चाँडै सुरु भयो । मार्चदेखि नै औसत अत्यधिक तापक्रम १ सय २२ वर्षको इतिहासकै सबैभन्दा उच्चतम विन्दुमा पुगेको छ ।
प्रतिक्रिया