अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्यामा विश्व प्रेस काउन्सिलको बैठक, सामाजिक सञ्जालका लागि साझा आचारसंहिता बनाउन नेपालको प्रस्ताव

केन्यामा विश्व प्रेस काउन्सिलको बैठक, सामाजिक सञ्जालका लागि साझा आचारसंहिता बनाउन नेपालको प्रस्ताव


नैरोबी (केन्या)- प्रेस काउन्सिलको अन्तराष्टिय स्तरको मञ्चमा सामाजिक सञ्जाल र न्यू मिडियालाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ ।

अफ्रिकी मुलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारण सभामा प्रेस काउन्सिल नेपालका तर्फबाट यस्तो सुझाव राखिएको हो ।

नेपालका तर्फबाट बोल्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा धेरुै खालका प्रयासहरु भएको अवगत गराउँदै यसलाई मर्यादित र व्यवस्थित बनाउनु जरुरी भइसकेको बताउनुभयो ।

हामीले सामाजिक सञ्जाललाई आचारसंहिताको परिधिभित्र बाँध्न विभिन्न प्रयासहरु गरेका छौं । यसलाई रचनात्मक बनाउन नेपालमा विभिन्न कामहरु काउन्सिलले गरिरहेको छ । सबैतिरको अनुभव साटासाट गर्दै साझा खालको आचारसंहिता निर्माण गर्न सकिन्छ , वर्ल्ड एशोसिएसन अफ प्रेस काउन्सिल (डब्लुएपीसी)को बुधबार सुरु भएको बैठकमा अध्यक्ष बस्नेतको प्रस्ताव थियो । उहाँले मिडियालाई समस्यारहित बनाउन र सक्षम जनशक्ति थप्न सञ्चार सचेतना अभियानलाई सबैतिर जोड दिनुपर्ने सुझाव राख्नुभयो । सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रयोगकर्तालाई काउन्सिलको समन्वयमा विभिन्न कारवाही समेत हुदै गरेको जानकारी गराउँदै अध्यक्ष बस्नेतले अन्य देशको अनुभगबारे समेत मञ्चमा व्यापक छलफल हुनुपर्ने औंल्याउनुभयो ।
आचारसंहिताभित्र पत्रकारितालाई नराख्ने हो भने यो क्षेत्रप्रतिको विश्वास टुट्दै जाने र यसले सिंगो प्रेस जगत धरमराउने बस्नेतको धारणा थियो ।

उद्घाटन मन्तव्य राख्दै केन्याका सूचना तथा सञ्चार मन्त्री जो मुचेरोले काउन्सिलका विश्वभरका प्रतिनिधिहरुलाई स्वागत गर्दै यस्ता मञ्चबाट न्यू मिडियाले ल्याएका विश्वव्यापी चुनौति सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

राजनीतिक, समाजिक समस्या र खिचातानीका बाबजुद मिडियाले आफ्नो खास धर्म कहिले छाड्न नहुने तर्फ उहाँको जोड थियो ।

बैठकका सहभागीले अनलाईन र युट्युव व्यवस्थित गर्न नेपालमा भइरहेका प्रयास अनुकरणीय रहेको बताएका थिए ।

विश्व प्रेस काउन्सिलका अध्यक्ष प्रा.डा सुले अकरले सबै देशबाट आएका सुझावमा छलफल गरेर केन्या घोषणापत्र जारी गर्ने जानकारी समेत दिनुभयो । सम्मेलन भोलि सकिँदैछ ।