अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरपालिकामा एमालेको विशाल पदयात्रा सुरु (तस्बिरहरू)

काठमाडौं महानगरपालिकामा एमालेको विशाल पदयात्रा सुरु (तस्बिरहरू)


काठमाडौं – नेकपा एमाले काठमाडौं महानगरपालिकाले बृहद् पदयात्रा सुरु गरेको छ। शनिबार बिहान काठमाडौंका भित्रि सहरका वडा नम्बर १२, १७, १८, १९, २०,२१,२२,२३, २४, २५ र २७ गरी ११ वडामा लक्षित गर्दै बृहद पदयात्रा सुरु गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले एमालेले खोजेको र रोजेको प्रतिनिधि एमालेले उम्मेदवार बनाएकाले घरघरमा पुगेर एमालेका नीति र कार्यक्रम बुझाउन आह्वान गर्नुभयो। उहाँले जनताको सपना एमालेका प्रतिनिधिले मात्र पूरा गर्ने भएकाले सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। पदयात्रा हनुमान ढोकाबाट पदयात्रा थालिएको छ।

काठमाडौं महानगरपालिकाका मेयर पदमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उठाएको छ। भित्रि सहरका विभिन्न वडामा हुने बृहद् पदयात्रापछि काठमाडौं महानगरपालिकाको चुनावी महोल थप सशक्त बन्ने एमालेको विश्वास छ।