अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज राति देशका अधिकांस स्थानमा वर्षा हुन्छ : महाशाखा

आज राति देशका अधिकांस स्थानमा वर्षा हुन्छ : महाशाखा


काठमाडौं  – मौसम पूर्वानुमान महाशाखाले आज जाति देशका अधिकांस स्थानमा वर्षा हुने जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांस स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको महाशाखाले जनाएको छ । यतिबेला महाशाखामा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि घाम लागे पनि मध्यान्नपछि विस्तारै मौसम धुम्म हुँदै गएको हो । आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।