अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘मायाको मौसम’ म्युजिक भिडियो सार्वजनिक

‘मायाको मौसम’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौं – सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ । यस गीतमा गायिका ममता गुरुङ र गायक एवं गीतकार डिपी खनालको सुमधुर स्वर सुन्न सकिन्छ । रोमाञ्चक शैलीको यस गीतलाई शङ्कर थापा ‘स्माइल’ ले सङ्गीतवद्ध गर्नुभएको हो । गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ ।

‘यस्तै मायाको यो मौसम फेरि आउला, न आउला’, ‘दिलमा उस्तै प्रेमको आभास होला, नहोेला’, ‘भेटी नै सकियो त हामी साथ नछुटोस्’, ‘पाइसकेको यो मौका फेरि नगुमोस्’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् ।

मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोमा सुधीर श्रेष्ठ र जुना कार्कीको अभिनय हेर्न सकिन्छ । इलाम र झापाका मनोरम दृश्यमा सुजन श्रेष्ठले भिडियोको छायाङ्कन गर्नुभएको हो । दिन्शन शाहले भिडियो सम्पादन गर्नुभएको हो । मोडल सुधीरको युट्युब च्यानल ‘सुधीर श्रेष्ठ सिर्कार’ मार्फत् भिडियो सार्वजनिक गरिएको जनाइएको छ ।