अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सचिव बस्नेतको प्रश्न : हिजो गाली गर्दै खेलाडीको पक्षमा छु भन्नेहरूले आज जवाफ दिनुपर्दैन ?

सचिव बस्नेतको प्रश्न : हिजो गाली गर्दै खेलाडीको पक्षमा छु भन्नेहरूले आज जवाफ दिनुपर्दैन ?


काठमाडौं-नेकपा एमालेका सचिव महेश बस्नेतले एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई पुरस्कार उपलब्ध नगराएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।

खेलाडीको पक्षमा रहेको बताउने सरकारले उनीहरूलाई दिनुपर्ने पुरस्कार र सम्मान किन उपलब्ध गराउन सकेन भन्ने सचिव बस्नेतको प्रश्न छ।

सचिव बस्नेतका अनुसार नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई उद्धृत गर्दै केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले एसिया च्याम्पियन तथा उपमहादेशीय प्रतियोगितामा विजेता, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कार उपलब्ध गराएको दाबी गरेका छन्।

तर, अहिलेको सरकारले नेपाली क्रिकेट टोलीलाई पुरस्कार उपलब्ध गराउन नसकेको बस्नेतको आरोप छ। उनले खेलाडीको पक्षमा रहेको बताउने नयाँ राजनीतिक शक्तिले पुरस्कारको विषयमा जवाफ दिनुपर्ने बताएका छन्।

‘हिजो केपी ओली सरकारलाई गाली गर्दै ‘खेलाडीको पक्षमा छु’ भन्ने नयाँ भनाउँदाहरूले आज यसको जवाफ दिनुपर्दैन ?’ सचिव बस्नेतले प्रश्न गरेका छन्।

खेलाडीको पक्षमा रहेको बताउनु मात्रै पर्याप्त नहुने उनको भनाइ छ। खेलाडीले पाउनुपर्ने पुरस्कार, सेवा, सुविधा र सम्मान उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।

‘खेलाडीको पक्षमा छु भन्ने ओठे भक्ति होइन, खेलाडीले पाउनुपर्ने पुरस्कार, सेवा, सुविधा र सम्मान उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो,’ सचिव बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्।

नेपाली क्रिकेट टोलीले एसिया कपमा छनोट भएर देशको प्रतिनिधित्व गर्ने अवसर पाउँदा घोषित पुरस्कार वितरणको अवस्था के छ भन्ने प्रश्न बस्नेतले उठाएका छन्।