अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टोखा नगरपालिकामा एमालेको अग्रता

टोखा नगरपालिकामा एमालेको अग्रता


काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज दुई हजार २५८ मतगणना हुँदा नेकपा ९एमाले०का उम्मेदवार प्रकाश अधिकारीले ९३५ मतका साथ अग्रता लिनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले ८०१ मत प्राप्त गर्नुभएको टोखाका सहायक निर्वाचन अधिकृत अनिल जोशीले जानकारी दिनुभयो । यस्तै, उपप्रमुखमा पनि नेकपा ९एमाले० कै उम्मेदवार ज्ञानमाया डङ्गोलले अग्रता लिनुभएको छ । डङ्गोलले ८७५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मुरारी तामाङले ८०३ मत प्राप्त गर्नुभएको जोशीले बताउनुभयो ।

यस्तै, माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले १८५ र माओवादी केन्द्रकै उपप्रमुखको उम्मेदवारले २४१ मत प्राप्त गर्नुभएको छ । कूल ११ वडा रहेको टोखामा वडा नं १ र २ को मतगणना भइरहेको छ । उक्त नगरपालिकाको वडा नं १ मा झोर र २ मा टोखाको बजारक्षेत्र पर्दछ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको सहायक निर्वाचन अधिकृत जोशीले बताउनुभयो ।