अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा क्रिश्चियन मिसनको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

मोरङमा क्रिश्चियन मिसनको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ


मोरङ-पर्यटक भिसामा नेपाल आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा पाँच अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन्। मोरङको कानेपोखरी गाउँपालिका-७, बरगाछीमा सञ्चालित स्वास्थ्य शिविरमा संलग्न उनीहरूका कागजात जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।

गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा ब्राजिलका तीन, क्यानडाका दुई र अमेरिकाका पाँच जना नागरिक छन्। उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए। उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको पाइएको मन्त्रालयले जनाएको छ।

बरगाछीमा ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले गत कात्तिक ८ गतेदेखि चार दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरमा विदेशी चिकित्सकसहित १० जना विदेशी नागरिक संलग्न थिए। विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएर शिविर सञ्चालन गरेको विषयमा उनीहरूमाथि अनुसन्धानका लागि कागजात अध्यागमन विभाग पठाइएको हो।

शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको बताइएको छ। स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर बाङ्देलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएको स्थानीय विवरणमा उल्लेख छ।

कानेपोखरी-७, बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने उद्देश्यले तीन कट्ठा जग्गामा छवटा साना–ठूला भवन निर्माण गरेको बताइएको छ। ती भवन पछिल्लो समय धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग हुँदै आएको विषयमा विवाद उत्पन्न भएपछि स्थानीयलाई खुसी पार्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको विवरणमा उल्लेख छ।

हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ।

पर्यटक भिसामा आएका विदेशी नागरिकले स्वास्थ्य शिविर सञ्चालन गर्न आवश्यक अनुमति लिएका थिए वा थिएनन् भन्ने विषयमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइनेछ।

को–को पक्राउ परे ?

1.    MACIEL SANANA, BRENO, Passport No: FZ105414, Country: Brazil, 
2.    FRANK, FERNANDO AUGUSTO, Passport No: FT 280109, Country: Brazil, 
3.    VAZ BARBOSA, SAO PAULO, Passport No: G1998005, Country: Brazil, 
4.    LUIGI, MENEGUSSO VALENZI, Passport No: AN224289, Country: Canada, 
5.    EVELIN, MENEGUSSO FERNANDES, Passport No: P102426H0, Country: Canada, 
6.    PAULO ROBERTO, BECHARA, Passport No: A 81840247, Country: USA, 
7.    SELMA AUGUSTA, WEL BECHARA, Passport No: 658527592, Country: USA, 
8.    RALPH WARNER, CLARK, Passport No: 675266434, Country: USA, 
9.    KAREN CRISTINA, JARA, Passport No: 661422692, Country: USA, 
10.    Victoria Cristina, Jara-CLARK, Passport No: A23210248, Country: USA,