काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई पाँच–पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
बुधबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएका नेम्वाङ र राईको बयान तथा थुनछेक बहसपछि न्यायाधीश हरिसिंह धामीको इजलासले जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार दुवै जनाले तोकिएको धरौटी रकम बुझाएर रिहा भइसकेका छन्।
खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान तथा सिफारिसका आधारमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो।
यसअघि उक्त मुद्दामा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे पनि धरौटीमा रिहा भइसकेका छन्।



प्रतिक्रिया