अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका विभिन्न वडाहरुमा एमालेको विजयी जारी

देशका विभिन्न वडाहरुमा एमालेको विजयी जारी


काठमाडौं -देशका विभिन्न वडाहरुमा नेकपा एमालेका वडाध्यक्षहरुको प्यानलै विजयी भएको छ । इलामको माइजोगमाई नगरपालिका वडा नं १० मा एमालेका गणेश राई सहित प्यानल नै विजयी भएको छ । यस्तै म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । केहीबेर अघि सम्पन्न मतपरिणाम अनुसार वडाअध्यक्षमा एकजित रोकाको प्यानलै विजयी भएको हो । यस्तै सुर्खेतको वीरेन्द्रनगर १६ मा वडाध्यक्ष डण्ड विक १६ मतको अन्तरले प्यानलै विजयी हुनुभएको छ ।