गुल्मी — गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार खिलध्वज पन्थी विजयी हुनुभएको छ । उहाँले ८ हजार ६ सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ७ हजार ३ सय २० मत प्राप्त गर्नुभयो ।
उपमेयरमा पनि कांग्रेस उम्मेदवार अमृतादेवी कुँवर विजयी हुनुभयो । उहाँले ८ हजार ६ सय १९ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी एमाले उम्मेदवार रिता पाण्डेले ७ हजार २ सय ३१ मत प्राप्त पाउनुभयो ।
रेसुंगाको १४ वडा मध्ये १० वटा वडामा कांग्रेस र ४ वटा वडा एमाले उम्मेदवार विजयी भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा मेयर, उपमेयर दुवै पदमा एमाले उम्मेदवार विजयी भएका थिए ।
प्रतिक्रिया