झापा- कचनकवल गाउँपालिका- १ मा नेपाली काँग्रेसका वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएका छन् । कचनकवल १ मा राप्रपाका उम्मेदवारलाई पछि पार्दै काँग्रेसका महावीर लिम्बु ३३२ मतान्तरले निर्वाचित हुनुभएको हो । लिम्बुले १४४२ मत ल्याएकोमा राप्रपाका लक्ष्मीनारायण यादव १११० मत पाउनुभएको छ ।
त्यस्तै एमालेका धनलाल राजवंशी २८८ र माओवादी केन्द्रका १८७ मत ल्याएका छन् । वडा सदस्यहरूमा काँग्रेसका अन्तप्रसाद राजवंशी, उग्र नारायण राजवंशी, सान्जावती राजवंशी र सुनिता दर्जी निर्वाचित हुनुभएको छ । कचनकवलको अध्यक्ष र उपाध्यक्ष पदमा काँग्रेस र एमालेले चुनावी गठबन्धन गरेपनि वडामा एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका थिए ।







प्रतिक्रिया