अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेनको हारजितमा २८ किलोको खसी बाजी राख्ने दुई जना पक्राउ

बालेनको हारजितमा २८ किलोको खसी बाजी राख्ने दुई जना पक्राउ


खोटाङ – वालेन्द्र साह (बालेन) को जित-हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ गरेको हो । यस्तो बाजी गैरकानूनी भएकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताउनु भयो ।

साहले चुनाव जिते फुयाललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र चुनावमा साह पराजित भए फुयालले २८ किलोकै खसी खड्कालाई तिर्नुपर्ने भन्ने बारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएको थियो । यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकमा उल्लेख गरिएको छ ।

दिक्तेलस्थित राजन दुलालको घरमा बसेर स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा उनीहरूले बाजी राखेका थिए ।