अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निलम्बित सांसद बानियाँका छोरा पेस्तोलसहित पक्राउ

निलम्बित सांसद बानियाँका छोरा पेस्तोलसहित पक्राउ


मुगु — जिल्लास्थित एमाले पार्टीका निलम्बित सांसद मोहन बानियाँका कान्छा छोरालाई प्रहरीले मंगलबार दिउँसो पेस्तोलसहित पक्राउ गरेको छ ।

खत्याड गाउँपालिका ७ माँझचौरमा अर्पण बानियाँ पेस्तोलसहित प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जनाउनुभयो ।

पक्राउ परेका अर्पणलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला सदरमुकाम ल्याइने उहाँको बताउनुभयो । खत्याड गाउँपालिकाको मतगणना माझचौरमा भइरहेको अवस्थामा प्रहरीले उनलाई पेस्तोलसहित फेला पारेको थियो ।