अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगञ्जको मेयरमा कांग्रेसका प्रशान्त र उपमेयरमा जसपाका कमरुद्दीन विजयी

नेपालगञ्जको मेयरमा कांग्रेसका प्रशान्त र उपमेयरमा जसपाका कमरुद्दीन विजयी


बाँके- बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी हुनुभएको छ ।

नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई विजयी हुनुभयो ।

कांग्रेस उम्मेदवार विष्ट २३ हजार ४६० मतसहित नगरप्रमुख चुनिंदा नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाउनुभयो । राप्रपाका उम्मेदवार नन्दलाल वैश्यको पक्षमा ७ हजार ५९८ मत परेको छ ।

नगर उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई १७ हजार ९५० मतसहित विजयीहुनुभयो । एमाले उम्मेदवार शान्ति देवी ढकालले १० हजार ९१५ मत पाउनुभयो ।