अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारबाट आफूले पाउने सेवा-सुविधाबाट एक जनालाई एमबीबीएस पढाउँछु : असिम राई

सरकारबाट आफूले पाउने सेवा-सुविधाबाट एक जनालाई एमबीबीएस पढाउँछु : असिम राई


सोलुखुम्बु – सोलुखम्बुको थुलुङ दुधकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफूले सरकारबाट पाउने सेवा–सुविधाबाट पालिकाभित्रको एक जना जेहेनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गर्नुभएको छ ।

गाउँपालिकाको अध्यक्षका रूपमा आज दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै अध्यक्ष राईले आफूलाई प्राप्त हुने सबै सेवा–सुविधा पालिकाभित्रका गरीब तथा जेहेनदार एकजना विद्यार्थीलाई एमबीबीएस पढाउन खर्च गर्ने घोषणा गर्नुभएको हो ।

यस्तै उहाँले कार्यभार सम्हालेपछि गाउँपालिकामा वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसका लागि चार्जिङ स्टेशन बनाउने निर्णय पनि गर्नुभएको छ । पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताउनुभयो । गाउँपालिकको सबै वडा र टोलमा सडक विस्तार भइसकेकाले विद्युतीय बस सञ्चालनका लागि आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष राई २०७४ सालको पहिलो पालिका चुनावमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षको रूपमा निर्वाचित हुनुभएको थियो । यो पटक पनि उहाँ माओवादीबाटै निर्वाचित हुनुभएको छ ।