अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु


जाजरकोट – बारेकोट गाउँपालिका-९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ ।

बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिनुभयो ।

महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुङ्गा लागेर रोहितको मृत्यु भएको हो ।