अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्र सरकारबाटै जग्गाको वर्गीकरण गरेर उद्योगलाई निःशुल्क दिनुपर्छ : सुरेन्द्र पाण्डे

केन्द्र सरकारबाटै जग्गाको वर्गीकरण गरेर उद्योगलाई निःशुल्क दिनुपर्छ : सुरेन्द्र पाण्डे


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले केन्द्र सरकारबाटै औद्योगिक, कृषि र आवासिय जमिनको वर्गीकरण गरिनुपर्ने आवस्यकता औंल्याउनु भएको छ ।

‘मेक इन नेपाल स्वदेशी समिट २०२२’ कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पाण्डेले जमिनको व्यवस्थापन नगरुजेन्लसम्म नेपालमा उद्योग र कृषि क्षेत्रको विकास गर्न नसकिने बताउनु भयो ।

जमिनको वर्गीकरण पछि औद्योगिक र कृषि प्रयोजनको जमिनमा कर हटाउनुपर्ने पनि उपाध्यक्ष पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आवासिय जमिनमा प्रयोजन अनुसारको कर लगाउन सकिन्छ । तर, कृषि र उद्योगको जमिनमा कर लगाउन हुँदैन । यी क्षेत्रमा प्रयोग हुने जमिनमा कर नहटाउन्जेल त्यसको उत्पादन बढ्दैन ।’

अहिले जमिनको वर्गीकरण गर्ने जिम्मा स्थानीय तहलाई दिएको त्यो निर्णय व्यवहारिक नरहेको पनि पाण्डेले बताउनु भयो । ‘कृषि, ओद्योगिक र आवासयिक जमिनको वर्गीकरण केन्द्र सरकारबाटै गरिनुपर्छ । अहिले स्थानीय तहलाई त्यसको जिम्मेवारी दिइएको छ । तर पालिकाहरुबीच नै समन्वय छैन । एउटा पालिकाले कृषियोग्य जमिन भन्दा सागै जोडिएको अर्कोले औद्योगिक भनिदिन्छ,’ पाण्डेले भन्नुभयो ।