अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजापुर नगरपालिकामा शिक्षकले राजनीति गरेमा सातदिन भित्र राजिनामा दिन मेयरको निर्देशन

राजापुर नगरपालिकामा शिक्षकले राजनीति गरेमा सातदिन भित्र राजिनामा दिन मेयरको निर्देशन


नेपालगञ्ज – बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन आग्रह गरेको छ ।
नवनिर्वाचित मेयर दिपेश थारुले सबै विद्यालयलाई एक पत्र लेख्दै पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई दलको राजनीतिमा लागेको भए सात दिनभित्र राजीनामा दिइ त्यसको जानकारी नगरपाकिलामा दिन निर्देशन दिनुभएको छ।

सो पत्रमा शिक्षा ऐन २०२८ संशोधनसहित०को दफा १६, ङको उपदफा ५ को ६ मा उल्लेखित व्यवस्था उल्लंघन गरी कनै दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने आचारणमा नपर्न सबैलाई आग्रह गरिएको छ ।