अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कटारीको मेयरमा गठबन्धनका श्रेष्ठ र उपमेयरमा एमालेकी खड्का निर्वाचित

कटारीको मेयरमा गठबन्धनका श्रेष्ठ र उपमेयरमा एमालेकी खड्का निर्वाचित


उदयपुर– उदयपुरको कटारी नगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका राजेशचन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । सम्पन्न मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९५२ मत प्राप्त गनुभएको छ । निर्वाचित श्रेष्ठले ४६५ मतान्तरले बराललाई पराजित गर्नुभयो ।

नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ मत पाउनुभएको थियो भने नगर प्रमुखका अर्का स्वतन्त्र उम्मेदवार बालकृष्ण थापाले २ हजार १५४ मत प्राप्त गर्नुभयो ।

नगर उपप्रमुखमा नेकपा एमालेकी गीता खड्का निर्वाचित हुनुभएको छ । उहाँले ६ हजार ४१३ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका नेकपा माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८२१ मत प्राप्त गर्नुभयो ।