अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच सचिवको सरुवा

पाँच सचिवको सरुवा


काठमाडौं – सरकाले नेपाल सरकारका पाँच जना सचिवको सरुवा गरेको छ ।

जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।

सरुवा हुनेमा रवीन्द्रनाथ श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र पुगेका छन् भने सुरेश आचार्य खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् । त्यसैगरी  मणिराम गेलाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट खानेपानी मन्त्रालय पुगेका छन् ।

सचिव सुशीलचन्द्र तिवारी प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्रबाट उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय पुगेका छन् । गोपालप्रसाद सिग्देल नेपाल ट्रस्टको कार्यालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएका छन् ।