अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ जना घाइते

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ जना घाइते


अछाम – अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिक वडा-१ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो ।

हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिनु भयो।