अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर महानगरका प्रमुख चिरिबाबुद्वारा शपथ ग्रहण

ललितपुर महानगरका प्रमुख चिरिबाबुद्वारा शपथ ग्रहण


ललितपुर – ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनसहित अन्य जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् ।

ललितपुरमा आयोजित समारोहमा मेयर महर्जनलाई मुख्य निर्वाचन अधिकृतले शपथ खुवाउनु भएको हो । शपथपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफूले थालेका पुराना योजनाहरू पूरा गर्दै नयाँ कामको सुरुवात गरिने बताउनु भयो । उहाँले निर्वाचन अघिसम्म राजनीतिक पार्टीको वकालत गरे पनि अब समग्र महानगरको विकास र महानगरवासीका समस्या समाधान गर्नतिर लाग्ने बताउनु भयो।