अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका परियार १४ महिनापछि पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका परियार १४ महिनापछि पक्राउ


काठमाडौँ-जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका दाङका एक व्यक्ति १४ महिनापछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१० निवासी ३५ वर्षीय रवीन्द्र परियार रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई बिहीबार काठमाडौँ महानगरपालिका–२६ स्थित गल्कोपाखाबाट पक्राउ गरिएको हो।

परियार चोरी मुद्दामा पक्राउ परी तीन वर्षको जेल सजाय भुक्तान गरिरहेका थिए। उनी २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए।

प्रहरीले फरार भएको १४ महिनापछि उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ।