अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघका नेता राईलाई पक्राउको बहानामा प्रहरीले नै कुटेर घाइते बनाएपछि…

युवा संघका नेता राईलाई पक्राउको बहानामा प्रहरीले नै कुटेर घाइते बनाएपछि…


धनकुटा – प्रहरीको कुटाइबाट नेकपा एमालेनिकट राष्ट्रिय यूवा संघका जिल्ला सदस्य निरन साङ्सनुन राई गम्भीर घाइते भएका छन् ।

घाईते हुनेमा शहिदभूमि गाउँपालिका वडा-६ माङ्तिनका ३३ वर्षिया निरन साङ्सनुन राई रहेका छन् ।

राष्ट्रिय यूवा संघका जिल्ला सदस्य राईको हात खुट्टा र टाउकोमा चोट लागेका उहाँको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगर पठाइएको अस्पतालले जनाएको छ ।

राई आफ्नै गाउँमा बसिरहेको अवस्थामा प्रहरीले ‘ठोक ठोक’ भनेपछि आत्तिएर भाग्ने क्रममा उहाँलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको राईको कुरालाई उध्रित गर्दै वडा-६ का वडा अध्यक्ष हेमकुमार राईले जानकारी दिनु भयो ।