अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पौडी खेल्ने क्रममा बेपत्ता भएका मुखियाको शव फेला

पौडी खेल्ने क्रममा बेपत्ता भएका मुखियाको शव फेला


धनुषा – धनुषाको जनकनन्दनी गाउँपालिका-१ स्थित रेल्वे स्टेशन नजिकै रहेको पोखरीमा पौडी खेल्न क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव भेटिएको छ।

भारतको मधुबनिदेवधा जिल्ला ग्राम पञ्चायत अकौना १३ बस्ने २४ वर्षिय जितेन मुखिया यही जेठ ९ गते पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर ८ गण सुनसरीबाट खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले बुधबार उनको शव पोखरीमा फेला पारेको हो।