अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मूल्यवृद्धिको विरोधमा युवासंघ र अनेरास्ववियुले सरकारी सवारी साधन रोक्ने

मूल्यवृद्धिको विरोधमा युवासंघ र अनेरास्ववियुले सरकारी सवारी साधन रोक्ने


काठमाडौं – पेट्रोलियम पदार्थ, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुमा भएको चरम मूल्यवृद्धिको विरुद्ध स्वरुप युवा संघ नेपाल र अनेरास्ववियुले सरकारी सवारी साधनको आवगमनमा रोक लगाउने भएका छन् ।

युवा संघ नेपाल र अनेरास्ववियुले २०७९ जेठ १२ गते (भोलि) विहीबारबाट विरोधस्वरुप सरकारी सवारीसाधनको चाबी नियन्त्रणमा लिएर नजिकैको प्रहरी कार्यालयमा बुझाउने बताएको छन् ।

भोलि विहान ९ बजेदेखि उपत्यकासहित प्रत्येक जिल्ला सदरमुकाम वा उपयुक्त स्थानमा सरकारी सवारीसाधन अवरोध गर्ने राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले जनाएको छ ।