अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वि एण्ड सी ग्रुपका कार्यकरी निर्देशक प्रसाईं र दुबई विकास प्राधिकरणका सिइओ खालिफबीच भेटवार्ता

वि एण्ड सी ग्रुपका कार्यकरी निर्देशक प्रसाईं र दुबई विकास प्राधिकरणका सिइओ खालिफबीच भेटवार्ता


काठमाडौं – वि एण्ड सी मेडिकल कलेज एवं पूर्वाञ्चल क्यासन्स अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र संयुक्त अरब इमिरेट्स दुबई बिकास प्राधिकरणका (दुबई डेभलेपमेन्ट अथोरिटी) कार्यकारी निर्देशक खालिफ शेखर महम्दबीच आज दुबईमा औपचारिक भेटघाट भएको छ ।
भेटघाटको क्रममा नेपाल प्रसाईंले वि एण्ड सी ग्रुप मार्फत नेपालको हिमाली क्षेत्रको पानी मिनिरल वाटरको रुपमा दुबई निर्यात गर्ने प्रस्ताव गर्नु भएको छ । सो प्रस्तावलाई सिइओ खालिफले स्विकार गर्नुु भएको प्रसाईंले जानकारी दिनुभयो । प्रसाईंका अनुसार बार्षिक २ खर्ब रुपैंया बराबरको पानी दुबई निर्यात गर्न आफू तयार रहेको खालिफलाई जानकारी दिनुभएको छ । यस सम्बन्धी विस्तृत कार्ययोजना नेपाल आएर स्पष्ट पार्ने प्रसाईंले बताउनुभयो ।
यसैगरी खालिफले को कृषि, स्वास्थ्य र शिक्षाको विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै नेपालको कृषि उपज र जडिबुटीलाई दुबईको बजारमा प्रवर्द्धन गर्न आफू सकारात्मक रहेको खालिफले जानकारी दिनुभएको छ ।