अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरादहका मेयर छत्रपति सुवेदी भन्नुहुन्छ : विकासमा हातेमालो गरौं, पाँच वर्षमा देशकै नमूना नगरपालिका बनाऔं !

गौरादहका मेयर छत्रपति सुवेदी भन्नुहुन्छ : विकासमा हातेमालो गरौं, पाँच वर्षमा देशकै नमूना नगरपालिका बनाऔं !


गौरादह- गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले गौरादहको विकासमा हातेमालो गर्न सबै दलहरुलाई आह्वान गर्नुभएको छ ।
आफूलाई मत दिएर मेयर बनाएकोमा सबै मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सुवेदीले चुनावी प्रतिष्पर्धालाई भुलेर गौरादहको विकासमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ । सुवेदीले सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै आफू कहिले शासक नबन्ने तर सधैं जनताको सेवक बन्ने प्रतिवद्धता गर्नुभएको छ । सबै मतदातलाई सम्बोधन गर्दै सुवेदीले आफूलाई मतदान गरेकोमा कसैले पनि पछुतो मान्ने काम नगर्ने सुवेदीले उल्लेख गर्नुभएको छ ।
निर्वाचन भनेको एउटा कानुनी बाध्यता भएकोले त्यसपछिको अवस्थामा आफू सम्पूर्ण नगरबासीको मेयर भएको सुवेदीले बताउनुभएको छ । ‘विकास निमार्ण र अवसरमा कसैलाई भेदभाव हुदैन’ सुवेदीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘बरु सबै दलका साथीहरुलाई गौरादहको विकासमा हातेमालो गर्न म हार्दिक अनुरोध गर्दछु । ’
सबै नगरबासी एकसाथ जुटेमा आगामी पाँचवर्ष भित्र गौरादहलाई नमुना नगरपालिकाको रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । ‘सबैजना दलभन्दा माथी उठेर गौरादह बनाऔं ।यहाँका आवश्यकता र समस्या पहिचान गरौं’ सुवेदीले लेख्नुभएको छ ‘आगामी पाँच वर्ष भित्र गौरादहलाई देश कै नमुना नगरपालिकाको रुपमा स्थापित गरौं ।’

सुवेदीले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ :

गौरादह निवासी सम्पूर्ण आमाबुवा,दिदीबहिनी तथा दाजुभाइहरु

मलाई गौरादह नगरपालिकाको प्रमुख पदमा यहाँहरुले अमूल्य मतदान गरेर विजयको माला पहिर्याइदिनु भएको छ । यसका लागि म सम्पूर्ण नगरबासीहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । यस नगरपालिकाको प्रमुख जस्तो गरिमामय पदमा मलाई योग्य ठानेर उम्मेद्वारीको निर्णय गर्ने प्रिय पार्टी नेकपा एमाले,यसका केन्द्र, प्रदेश,जिल्ला र स्थानीय तहका नेताहरु सबैप्रति म हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

प्रमुख पदमा विजयी भइरहँदा म यहाँहरु सबैसँग बाचा गर्दछु : म शासक हुन्न सेवकको रुपमा रहन्छु । यहाँहरुले दिएको मतको सधैं कदर गर्दै यहाँहरुको शिर झुकाउने कुनै पनि काम गर्दिन ।र,अर्को प्रण गर्दछु कि मलाई मतदान गरेकोमा कसैलाई पनि पछुतो हुने स्थिती कहिले बनाउदिन । आदरणीय नगरबासी महानुभवाहरु , गौरादह नगरको विकासका लागि जनप्रतिनिधी एक्लैले केही गर्न सक्ने होइन । यस ठाउँको विकास,समृद्धि र सुखी गौरादहबासीको सपना पुरा गर्न म हरदिन तपाईंहरुको सुझाव र रचनात्मक आलोचनाको पनि अपेक्षा गर्दछु । निर्वाचित भएर गइसकेपछि म नेकपा एमालेका कार्यकर्ता र मतदाताको मात्र नगरप्रमुख होइन । सम्पूर्ण गौरादहबासीको नगरप्रमुख हुँ ।

त्यसैले हिजो निर्वाचनमा सँगै प्रतिष्पर्धा गरेका दलका नेतासाथीहरुलाई पनि निर्वाचनलाई एउटा संवैधानिक बाध्यता सम्झेर गौरादहको विकास र समृद्धिमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछु । त्यसैले म फेरी भन्छु सबैजना दल भन्दा माथी उठेर गौरादह बनाऔं । यहाँका आवश्यकता र समस्या पहिचान गरौं । आगामी पाँचवर्ष भित्र देशकै नमुना नगरपालिकाको रुपमा गौरादहलाई स्थापित गरौं । मलाई प्रमुख पदमा निर्वाचित गरिदिनु भएकोमा अन्त्यमा फेरी एक पटक सम्पूर्ण गौरादहबासीमा हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछु ।

छत्रपति सुवेदी

नगरप्रमुख, गौरादह नगरपालिका

Enter

Tue 2:58 PM

You sent

Audio Call

56 secs