अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

फरार प्रतिवादी एक महिला पक्राउ

फरार प्रतिवादी एक महिला पक्राउ


दाङ – जिल्ला प्रहरी कार्यालय दाङले फरार प्रतिवादी एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला अदालत दाङबाट २०७७ फागुन १८ गते लेनदेनको मुद्दामा दुई वर्ष कैद सजाय सुनाएकी महिलालाई आज पक्राउ गरिएको हो ।

घोराही उपमहानगरपालिका–१८ निवासी ३४ वर्षीया सुन्तली परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई रझेनास्थित बाटोमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी आज नै अदालतमा पेश गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताउनु भयो ।