अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन जस्तो हुनुपर्ने थियो त्यो भएन, असत्य एक दिन ढल्नेछ : अध्यक्ष ओली

निर्वाचन जस्तो हुनुपर्ने थियो त्यो भएन, असत्य एक दिन ढल्नेछ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटकको स्थानीय तह निर्वाचन जस्तो हुनुपर्ने त्यस्तो नभएको बताउनुभएको छ ।

सरकारले सार्वजनीक गरेको नीति तथा कार्यक्रमको छलफलमा बिहीबार सहभागि बन्दै उहाँले भन्नुभयो, ‘यो निर्वाचन जस्तो हुनुपर्ने हो, त्यो भएन । सरकारले हरेक कुरामा हस्तक्षेप ग¥यो । नागरिकलाई त्रास देखायो । यसप्रकारको अनुचित क्रियाकलापले देश अन्धकारमा पस्नेछ ।’

सत्यको जित हुने बताउँदै उहाँले भन्नुभयो, ‘सत्यको पछि उभिनुपर्छ । एक दिन असत्य अवस्य ढल्नेछ ।’