अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुग्लिन-नारायणगढ सडकमा पहिरोको जोखिम कायमै, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

मुग्लिन-नारायणगढ सडकमा पहिरोको जोखिम कायमै, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह


काठमाडौँ-सडक डिभिजन कार्यालय भरतपुरले वर्षा भइरहेकाले मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरोको जोखिम कायमै रहेको भन्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कार्यालयले शुक्रबार बिहान ११ः२५ बजे सूचना जारी गर्दै सडकखण्ड हाल सामान्य अवस्थामा रहे पनि वर्षाका कारण पहिरो खस्ने जोखिम कायमै रहेको जनाएको हो।

सूचनामार्फत सडक डिभिजनले यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित सुरक्षा निकायसँग सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न चालक तथा यात्रुलाई अनुरोध गरेको छ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको उल्लेख गर्दै कार्यालयले सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह गरेको हो।

हाल मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन भने सुचारु रहेको सडक डिभिजनले जनाएको छ।