अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा रिजाल

काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा रिजाल


काठमाडौं – काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी हुनुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँ यसअघि पनि सोही वडाको अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार लक्ष्मी तुलाधरले तीन हजार ३१० मत प्राप्त गर्नुभयो । यस्तै चार सदस्यमा भने नेकपा ९एमाले० का उम्मेदवार विजयी हुनुभएको छ । उक्त वडामा १२ हजार ३०८ मत खसेको थियो ।

काठमाडौँ–१६ मा सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्र पर्दछन् । वडा अध्यक्ष विजयी रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत हुनुहुन्छ ।