अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेस्तोल र चार राउण्ड गोलीसहित दुई पक्राउ

पेस्तोल र चार राउण्ड गोलीसहित दुई पक्राउ


काठमाडौं – ललितपुर महानगरपालिका वडा-८, बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन छन् । उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन दुई वटा, गोली चारवटा पनि बरामद भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताउनु भयो । थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।