अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शान्ति प्रक्रियामाथि इमोस्नल ब्ल्याकमेल किन ? : प्रदीप ज्ञवाली

शान्ति प्रक्रियामाथि इमोस्नल ब्ल्याकमेल किन ? : प्रदीप ज्ञवाली


काठमाडौं – नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखा परेको दावी गर्नु भएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आजको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उपमहासचिव ज्ञवालीले छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बन्दै गएको भनेर गलत सूचना दिएको दावी गर्नु भएको हो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखा परेका छन् । नेपालको राष्ट्रिय हित के हो, नेपाल कहाँनेर उभिनुपर्ने हो र ?’

उहाँले नीति तथा कार्यक्रमको बुँदा नं ७, ७७ र १३९ मा हाम्रो मित्र राष्ट्रसँगको सम्बन्ध सुदृढ बन्दै गएको भनेर गलत सूचना दिइएको बताउनु भयो ।  उहाँले भारतसँग सीमा समस्याहरु कायम रहेको तथा  लिपुलेक, लिम्पियाधुरा, कालापानी भूभागलाई नेपालको सदनले हाम्रो हो भनेर संवैधानिक र कानूनी हिसावले स्पष्ट पारिसकेको अवस्थामा त्यसलाई वार्ताबाट फिर्ता ल्याउनुपर्ने भएपनि त्यसबारे दस्तावेजले केही नबोलेको बताउनु भयो ।

उपमहासचिव ज्ञवाली भन्नुहुन्छ, ‘सरकार समस्या नभएको चीनसँगको सीमा समस्याको बारेमा कार्यदल बनाउँछ । गलत सूचनाहरु दिन्छ । न त्यो कार्यदलको प्रतिवेदन सार्वजनिक गर्छ ? यस बारेमा उठेका प्रश्नहरुको जवाफ दिन्छ ?’ । 

उहाँले उर्जा उत्पादनबारे प्राकृतिक स्रोतमाथिको अक्षिण अधिकारमा प्रश्न उठ्दा समेत सरकारले स्पस्ट नपारेको र बीआरआई सम्झौतामा एक शब्द उल्लेख नगरेको भन्दै एक चीन नीति विपरित हुनेगरी शरणार्थी शिविरमा विदेशी मन्त्रीलाई घुम्न दिएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘शरणार्थी विषयलाई भूराजनीतिक विषय बनाउँदै हुनुहुन्छ । यसरी नेपालको परराष्ट्र नीति खलबल्याउने प्रयासले हामी कहाँ पुग्छौ ? कसरी राष्ट्रिय हितको पक्षमा सरकार अघि बढेको हुन्छ ? शान्ति प्रकृयामाथि इमोस्नल ब्ल्याकमेल ।’

उपमहासचिव ज्ञवालीले सरकारले शान्ति प्रकृयालाई इमोस्नल ब्ल्याकमेल टुल्सको रुपमा प्रयोग गर्न खोजेको आरोप लगाउनु भएको छ ।