अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनमा एमाले बन्यो पहिलो दल

चितवनमा एमाले बन्यो पहिलो दल


चितवन – चितवनका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख र ३६ वडाध्यक्ष जितेर नेकपा एमालेले पहिलो दल बनेको छ ।

पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै २४२ जना निर्वाचित भएका छन्।

जिल्लाका ७ वटै पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो । नेकपा एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपासँग तालमेल गरेको थियो ।

अघिल्लो चुनावमा रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका, नगरपालिका, राप्ती नगरपालिकामामा प्रमुख र उपप्रमुख दुबै पद र माडी नगरपालिकामा उपप्रमुख पद जितेको एमालेले यसपटक रत्ननगर र खैरहनीमा प्रमुख पद गुमाएर उपप्रमुख पद जितेको छ ।

राप्तीमा भने प्रमुख र उपप्रमुख दुबै गुमाएको छ । कालिका नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको छ भने माडीमा प्रमुख पद जितेको छ ।

दलगत रूपमा हेर्दा एमाले एक्लैले धेरै पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष जितेको छ । वडा अध्यक्ष भने धेरै गुमाएको छ । अघिल्लोपटक ५७ वडा जितेको एमालेसँग अहिले ३६ वडाध्यक्ष मात्रै छन् । एमालेले भरतपुरमा ६ रत्ननगरका ५, खैरहनीका ७, राप्तीका ८, कालिकाका ४, इच्छाकामनाका ५ र माडीको एक गरी ३६ वडा जितेको छ ।