अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीमा अतिक्रमणको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु पर्छ : तुलप्रसाद विक

सीमा अतिक्रमणको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु पर्छ : तुलप्रसाद विक


काठमाडौं – राष्ट्रिय सभाका सांसद तुलप्रसाद विक (राजेश) ले भारतले गरेको सीमा अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्ने बताउनु भएको छ ।

आज सरकारको नीति तथा कार्यक्रममा भएको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका सांसद विकले भारतीय अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘नेपाल भारतको सम्बन्ध सुमधुर छैन । लिपुलेक, सीमा सुरक्षाका कुरा हाम्रो प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उठ्न सकेनन्, नीति तथा कार्यक्रममा पनि आएनन्। सीमाका बारेमा हामीले अन्तर्राष्ट्रिय अदालतमा उठाउन पहल गर्नुपर्छ।’

यस्तै, उनले संघीयता अन्तर्गतको प्रादेशिक संरचना विघटन गरेर विकास निर्माणमा लगानी बढाउनुपर्ने बताए।