अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले एक चीन नीति छाडेको हो ? : ईश्वर पोखरेल

सरकारले एक चीन नीति छाडेको हो ? : ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेका सांसद ईश्वर पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे आज संसदमा टिप्पणी गर्दै सरकारले एक चीन नीति छाडेको भन्दै प्रश्न उठाउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘के नेपालले एक चीन नीति छाडेको हो ? छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिवद्धता छाडेको हो ? अमेरिकी मन्त्री कसरी तिब्बती शरणार्थी क्याम्पमा पुगिन्रु परराराष्ट्र मन्त्रालयले यसबारेमा थाहा भएन भन्नु गैरजिम्मेवारपूर्ण कुरा हो।’

अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको नेपाल भ्रमणलाई लिएर सरकार आफ्नै सहकर्मी र प्रतिपक्षीको घेराबन्दीमा परेको छ।

बिहीबारको संसद बैठकमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले उज्रा जिया तिब्बती शरणार्थी क्याम्पमा पुगेको बारे प्रश्न उठाए लगत्तै एमालेले पनि त्यही कुरा दोहोर्‍याएको छ।

Skip This