काठमाडौं – भारतको लद्दाखमा भारतीय सेनाको गाडी दुर्घटना हुँदा सात जवानको मृत्यु भएको छ।
२६ जना सवार रहेको गाडी तुरतुक क्षेत्रमा दुर्घटना ग्रस्त भएको भारतीय मिडियाले जनाएको छ । गाडी सडकबाट श्योक नदीमा खसेको थियो। केहीको अवस्था गम्भीर छ।
ट्रान्जिट क्याम्पबाट सबसेक्टर हनीफको अगाडि ड्युटीमा जानलागेका सेनाहरु दुर्घटनामा परेका हुन्।




प्रतिक्रिया