अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखामा लोकप्रिय मतमा एमाले नै पहिलो दल, कुन दलको कति मत ? (सूचीसहित)

दोलखामा लोकप्रिय मतमा एमाले नै पहिलो दल, कुन दलको कति मत ? (सूचीसहित)


दोलखा – वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा चार पालिका प्रमुख जितेर नेपाली कांग्रेस पहिलो देखिए पनि लोकप्रिय मतमा नेकपा एमाले नै सवैभन्दा अगाडि रहेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार दोलखाको ९ वटा पालिका र ७४ वटा वडामा प्राप्त मतका आधारमा कांग्रेसभन्दा एमाले नै अगाडि रहेको देखिएको हो ।

दोलखामा कांग्रेसले ४, एमालेले २, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले १ पालिकाको प्रमुख जितेको छ। दोलखाको ९ वटा पालिका र ७४ वडाको मत परिणामअनुसार एमालेले सवैभन्दा बढी ३९ हजार ५० मत पाएको छ।

यसैगरी कांग्रेसले ३७ हजार ६४७ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले १७ हजार ३५७ मत पाएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३८ हजार ४७ मत पाएको थियो । यसैगरी कांग्रेसले २४ हजार ४७ मत पाएको थियो भने माओवादी कन्द्रले १८ हजार ८०२ मत पाएको थियो ।

यस्तो छ मत परिणाम

शैलुङ 
एमाले ५४३०
कांग्रेस ७२०४
माओवादी १४१९
बैतेश्वर 
एमाले ३००५
कांग्रेस ५४४४
माओवादी १९९८
बिगु 
एमाले ३४९६
कांग्रेस २६७०
माओवादी २३५६

मेलुङ 

एमाले ४८९६
कांग्रेस २९४२
माओवादी १०४४
भिमेश्वर 
एमाले ७४१५
कांग्रेस ७५७९
माओवादी ११५१
तामाकोशी 
एमाले ३५३५
कांग्रेस ४०६४
माओवादी १०७६
जिरी 
एमाले ३३७६
कांग्रेस १७२५
माओवादी २५१२
गौरीशंकर 
एमाले ३२९२
कांग्रेस २५०८
माओवादी २८०३
कालिञ्चोक
एमाले ४६०५
कांग्रेस ३५११
माओवादी २९९८

जम्मा
एमाले ३९०५०
कांग्रेस ३७६४७
माओवादी १७३५७

२०७४ निर्वाचन
एमाले ३८०४७
कांग्रेस २४०४७
माओवादी कन्द्र १८८०२

यी हुन जित्ने प्रमुख उपप्रमुख र वडा अध्यक्ष

भीमेश्वर नगरपालिका

प्रमुख : ईश्वरनारायण मानन्धर (कांग्रेस)

उपप्रमुख : कमला बस्नेत (एमाले)

जिरी नगरपालिका

प्रमुख : मित्र जिरेल (एमाले)

उपप्रमुख : कृष्णमाया बुढाथोकी (एमाले)

गौरिशंकर गाउँपालिका

प्रमुख : विश्वास कार्की (माओवादी केन्द्र)

उपप्रमुख : श्यामसुन्दर तामाङ (कांग्रेस)

वैतेश्वर गाउँपालिका

प्रमुख : छवि लामा (कांग्रेस)

उपप्रमुख : कल्पना उप्रेती (कांग्रेस)